Sunday, January 31, 2010

Cricket team of nepal


दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट समावेश क्रिकेटबाट केही समयअघिसम्म पदकको कुनै आशा गरिएको थिएन । अझ आफ्नो समूहमा भारत, पाकिस्तान र अफगानिस्तान परेपछि दोस्रो चरण प्रवेशको सम्भावना पनि गाह्रो थियो ।

तर सहभागिताको दिन नजिकिँदै गर्दा परिस्थिति फेरिएको छ । भारत र अफगानिस्तानले केही समयअघि सहभागिता नजनाउने निर्णय गरेपछि प्रतियोगिताको स्वरूप फेरिएको छ भने नेपालको पदक सम्भावना पनि केही बढेको छ ।

पहिले सहभागी सात देशलाई दुई समूहमा विभाजन गरिएकामा अब ५ देशबीच राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुने भएको छ । सहभागीमध्ये नेपालबाहेक माल्दिभ्समात्र टेस्ट नखेल्ने राष्ट्र हो । अन्य पाकिस्तान, श्रीलंका र बंगलादेश टेस्ट खेल्ने मान्यताप्राप्त राष्ट्र हुन् । भुटानले सुरुमै सहभागी नहुने बताएको थियो ।

'राउन्ड रोविनका आधारमा खेल हुँदा केही आशा बढेको छ,' नेपाली यू-२१ टिमका कप्तान ज्ञानेन्द्र मल्लले भने । उनले ट्वान्टी-ट्वान्टी स्वरूप तथा उमेर समूहको खेल भएकाले सबैको सम्भावना रहेको बताए । उनी नेपाली राष्ट्रिय टिमका नियमित सदस्य पनि हुन् ।

'अधिकांश खेलाडीसँग अन्तर्राष्ट्रिय अनुभव छ, त्यसले पनि हामीलाई फाइदा पुर्‍याउने छ,' ज्ञानेन्द्रले भने- 'टिम राम्रो छ, सबैमा उत्कृष्ट प्रदर्शन गर्ने आत्मविश्वास छ ।' नेपाली टिममा अमित श्रेष्ठ मात्र पहिलोपल्ट अन्तर्राष्ट्रिय अनुभव बटुल्दैछन् ।

कप्तान ज्ञानेन्द्रसहित अमृत भट्टराई, नरेश बुढाऐर र विनोद भण्डारीले केही समयअघि यूएईमा सम्पन्न एसीसी ट्वान्टी-ट्वान्टी प्रतियोगितामा सहभागिता जनाएका थिए । त्यस्तै पृथु बाँस्कोटा, सागर पुन, भुवन कार्की, प्रदीप ऐरी र रूपेश श्रीवास्तवले काठमाडौंमा भएको एसीसी यू-१७ क्रिकेटको उपाधि उचालिसकेका छन् ।

पहिलोपल्ट सागमा समावेश क्रिकेट सुरुमा सहभागितामा मात्र सीमित हुनसक्ने भए पनि अब पदकको आशा गर्न सक्ने अवस्थामा पुगेको प्रशिक्षक

अरुण अर्यालको विचार थियो । उनले अबको नयाँ खेल तालिकाले कांस्यका लागि भए पनि दाबी प्रस्तुत गर्न सक्ने उनले बताए ।

'उमेर समूहका खेलाडी हुन्छन्, त्यसैले सबैको स्तर धेरै फरक हँुदैन,' अर्यालले भने, 'माल्दिभ्सलाई सजिलै हराउने विश्वास छ, अरूसँग प्रतिस्पर्धा हुन्छ ।'

यसै वर्ष चीनमा हुने एसियाली खेलकुदमा पनि क्रिकेटलाई समावेश गरिएको छ । उमेर समूहअन्तर्गत आईसीसी यू-१९ विश्वकपमा नेपालले दक्षिण अपि|mका, पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेशलाई पराजित गरिसकेको छ ।

No comments:

Post a Comment