Sunday, January 31, 2010

Army in Semifinal


विभागिय टीम नेपाल आर्मी क्लबले आइतबार मच्छिन्द्र क्लब काठमाडौंलाई ४- १ को फराकिलो अन्तरले सहज जीत हासिल गदै सेमिफाइनलको यात्रा तय गरेको छ ।

अघिल्लो वर्षको आहा गोल्डकपको उपविजेता आर्मीले मच्छिन्द्रलाई क्वाटरफाइनल खेलमा कडा मेहनत खर्चिनु परेन । तीन वर्ष अघिको लिगमा मच्छिन्द्रले आर्मीलाई २-० ले हराएको थियो ।

पहिलो चरणको खेलमा पाहुना टिम गोर्खा युनाइटेडलाई ३-२ ले हराएको मच्छिन्द्रले आर्मीसंग राम्रो खेल प्रदर्शन गर्न सकेन ।

विजेता आर्मी क्लब माघ १९ गते एनआरटी र सहारासंगको खेलका विजेतासंग सेमीफाइनका लागि भिड्नेछ । सोमबारको खेल मनाङ मस्र्याङदी र ढाका स्पोटिङ क्लब बीच हुँदैछ ।

No comments:

Post a Comment