Sunday, January 31, 2010

chess


पहिलो लेकसिटी अन्तर्राष्ट्रिय फिडे रेटिङ चेस प्रतियोगिताको सातौं र आठौं चरणको खेलमा सोमबार नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेका छन् ।

नेपाली फिडे मास्टर मनिष हमालले सातौं चरणमा बराबरी तथा आठौं चरणमा जित हात पार्दै १ सय ४२ खेलाडी मध्ये १४ औं स्थानमा रहन सफल भएका छन् । उनले सातौं चरणमा १४९७ रेटेड नारायण सेखावतसँग बराबरी गरे पनि आठौं चरणमा अनरेटेड धरमेश आडवानीलाई पराजित गर्दै ६ अंक जोडे ।

युवा खेलाडीहरू निरज निरौला, राजु सुवेदी र पुरुषोत्तम चौलागाईंले समान ५.५ अंक हात पारेका छन् । मिश्रति परिणम प्राप्त गरेका निरज सातौं चरणमा २११६ रेटेड अतुदेवसँग पराजित भए भने आठौं चरणमा उनले १८७३ रेटेड लक्ष्मी श्रीवास्तवलाई पराजित गरेका थिए ।

राम्रो प्रदर्शन गरेका १८९३ रेटेड राजुले सातौं चरणको खेलमा १६७३ रेटेड स्वपन करुण दासलाई हराएको थिए भने अर्को चरणमा साथी खेलाडी १७२५ रेटेड मिलन रोक्कामाथि जित दर्ता गरे ।

त्यसै गरी पुरुषोत्तमले पनि सुधारिएको प्रदर्शन गर्दै दुवै खेलमा जितहात पारे । उनले सातौं चरणको खेलमा १६०७ रेटेड रोहन सिन्दे र आठौं चरणमा ईश्वरराम टेकेलाई पराजित गरेका थिए । मिश्रति नतिजा निकालेका हरिचन्द्र चौलागाईं सातौं चरणमा १९१० रेटेड सुनिल पाण्डेसँग हार्न पुगे भने आठौं चरणमा नन्दकिशोरलाई हराउन सफल भए ।

सहभागी अन्य नेपालीमध्ये मिलन रोक्का, विक्रम पि्रय र जीवन मेैनालीको ४ अंक तथा मनकुमार गुरुङको २.५ अंक रहेको छ ।

No comments:

Post a Comment